१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारा १ मा मतगणना रोकियो


988
Shares

बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा मतगणना रोकिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना रोकिएको हो ।

यता एमालेभने मतगणना सुचारू गर्न सबैलाई आग्रह गर्दै मतगणना विथोल्न खोज्ने घेरावार तोडफोड गर्नलाई तत्काल खोजीगरी कारबाही हुनुपर्ने माग गरेको नेपका एमाले नेता भरत बहादुर भण्डारीले बताउनु भयाे ।

उहाँले सत्ता र शक्तिको दुरुपयोग गर्ने अधिकार कोही कसैलाई नभएको र तत्काल मतगणना सुचारू गराउन आग्रह गर्दा समेत सुरु नभएको बताउनु भयाे ।

यसअघि बसेको सर्वदलीय निर्णयअनुसार दुई वा सो भन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि अहिले उहाँहरुले सम्बन्धित पालिकाको वडा वडाको छुट्टै गणना गर्नुपर्ने भन्दै विवाद गरेका हुन् ।

यता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिको माग अनुसार नै मतगणना गर्न तयार हुँदासमेत प्रतिनिधि उपस्थित नहुदा मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिनुभयाे । प्रतिनिधिसभाको मतगणना रोकिए पनि प्रदेशसभाको मतगणना भने जारी छ ।