२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडी- २ मा कांग्रेसका शिवराज भट्ट विजयी


1.196k
Shares

बैतडी । बैतडी प्रदेश सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी हुनुभएको छ ।

उहाँ नेकपा एमालेका लिलाधर भट्टलाई चारसय ३७ मतले पछि पार्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो ।

कांग्रेसका भट्टले १७ हजार एकसय ५३ मत प्राप्त गर्दा एमालेका भट्टले १६ हजार सातसय १६ मत प्राप्त गर्नुभयो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशीले १ हजार २०१, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ सय २० र नागरिक उन्मक्ति पार्टीका रेवती बोहराले १७० मत प्राप्त गर्नुभयो ।

कुल ३७ हजार २८० मत खसेकोमा १ हजार ८ सय २० मत बदर भएको हो ।

बैतडीमा प्रतिनिधि सभाको लागि १ र प्रदेशसभामा २ क्षेत्र रहेका छन् ।