
web pic
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा एसियाली टोली जापानले जर्मनीलाई हराएको छ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।
जर्मनीविरुद्ध जापानले पहिलो पटक जित दर्ता गरेको हो । जापानले पुनर्गमन जित निकालेको हो । जापानको जितमा रिस्तु डोङ र ताकुमा एसोनाले गोल गरे। जर्मनीका लागि इल्के गुएन्डोगनले एक गोल गरे ।
जर्मनीले खेलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। जापानले ४ पटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै कतार विश्वकपमा सानदार सुरुवात गरेको छ ।
प्रतिक्रिया दिनुहोस्