२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडीमा मतान्तर बढाउँदै गठबन्धन


871
Shares

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) ले अग्रता बढाउँदै लग्नुभएको छ ।

मतगणनाको सुरूदेखि अग्रता बनाएका नेकपा (एमाले) का दामोदर भण्डारीलाई उछिन्दै कुँवरले पछिल्लो मतपरिणाममा मतान्तर बढाउँदै लग्नुभएको हो ।

४४ हजार ८ सय २० मत गणना हुँदा कुँवरले २० हजार एक सय २० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो । एमालेका भण्डारीले १८ हजार ४ सय ६९ मत पाउनुभएको छ ।

यहाँको प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुरेन्द्र पाल र प्रदेश सभा क्षेत्रनम्बर २ मा भने कांग्रेसका शिवराज भट्ट विजयी भइसक्नुभएको छ ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो ।

यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार ४ सय १६ मत मात्रै खसेका थिए ।