
काठमाडौं । कास्की क्षेत्र नं. २ मा नेकपा (एमाले) की विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो ।
विद्याले १६ हजार ९ सय ९८ मत ल्याउनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४ सय ९५ मत पाउनुभयो । यस्तै, गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत पाउनु भयो ।
विद्या स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन् । भट्टराईले दोस्रो पटक संसद यात्रा निश्चित गर्नुभएको हो । रवीन्द्रको निधनपछि २०७६ भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा विद्या निर्वाचित हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्