१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुममा एमालेका विजयलाई पछि पार्दै, कांग्रेसकी सिताले अग्रता बढाउँदै


4.68k
Shares

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभाको मतगणनाको सुरुवाती अग्रता लिनु भएका विजय सुब्बालाई पछि पार्दै नेपाली कांंग्रेसकी सिता गुरुङले अग्रता बढाउनु भएको छ ।

जिल्लाको छथर गाउँपालिकाको मतगणना सम्पन्न हुँदा १ हजार ३ सय ४५ मतले अग्रता लिनु भएका सुब्बालाई लालीगुराँस नगरपालिकाको मतगणना हुँदा गुरुङले ८ सय ५ मतले पछि पार्दै अग्रता बढाउनु भएको हो ।

निर्वाचन कार्यालय तेह्रथुमको तथ्याङकअनुसार कांग्रेसकी गुरुङले अहिलेसम्म ६ हजार ९ सय ९२ मत सहित अग्रस्थानमा हुनुहुन्छ । त्यस्तै, एमालेका सुब्बाले ६ हजार १ सय ८७ मतसहित पछ्याई रहनु भएको हो ।

७१ हजार ९ सय ३३ रहेको जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए ।