१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाम–२ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै


5.018k
Shares

इलाम । इलाम क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । नेम्वाङले ८३३ मतको अग्रता कायम राख्नुभएको हो ।

उहाँले ११ हजार ६ सय २१ मत पाउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ७ सय ८८ मत पाउनु भएको छ ।

इलाम क्षेत्र नं १ मा मंगलबारबाट स्थगित भएको गणना अझै सुचारु हुन सकेको छैन् । निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै मतगणना कार्य सुचारु गराउनका लागि १० बजे बैठक बोलाइएको छ ।

मतगणनाका क्रममा कर्मचारीहरुबाट लापरवाही भएको भन्दै विवाद भएपछि गणना स्थगित भएको थियो । स्थगित गणना सुचारु गर्ने बारेमा सहमतिका लागि उम्मेदवार र दलका प्रतिनिधिसहितको बैठक बसेपनि सहमति जुट्न सकेन ।

सत्ता गठबन्धनले यसअघि गणना भएको मत पुनः गणना हुनुपर्ने, गणनाका कर्मचारीहरु परिर्वतन गर्नुपर्ने लगायतका माग राखेपनि नेकपा एमालेले नमानेपछि सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छलफलमा सहभागि एक नेताले जानकारी दिनुभयो ।

इलाम–१ मा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ । रातिसम्मको गणनामा नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिनु भएको छ ।