२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


गोरखाबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी


2.782k
Shares

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले विजयी हुनु भएको छ ।

उहाँ २६ हजार १ सय ३ मतसहित विजयी हुनु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३ सय ९३ मत प्राप्त गर्नुभयो ।

गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।

२०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका प्रचण्डले यसपटक गोरखा–२ रोज्नु भएको थियो ।