१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी


325
Shares

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल विजयी हुनु भएको छ ।

बिहीबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवालले ४२ हजार ७ सय ६१ मत पाई निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९ सय ६८ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार ३ सय ३ मत पाउनु भएको छ ।

सुवाल र गेलालबीचको मतान्तरमात्रै ३० हजार ७९३ मत छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २ सय ८३ मत पाउनु भएको छ ।

२०७४ सालमा सुवालले ३३ हजार ७६ मत प्राप्त गर्नु भएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मत पाउनु भएको थियो ।