
कैलाली । कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायम राख्नुभएको छ ।
प्रतिनिधि सभा सदस्यको २८ हजार चार सय ३७ मत गणना हुँदा पन्तले ९ हजार ४ सय ३० मत प्राप्त गर्नुभएको छ ।
एमालेका उम्मेदवार नारदमुनि रानाको ८ हजार एक सय १० मत छ भने राना भन्दा पन्त १ हजार ३ सय २० मतले अगाडि हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको ३ हजार ५ सय ८७ मत रहेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इश्वरी विष्टको १ हजार ९ सय ४८ मत छ ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा २ मा पनि कांग्रेसका उम्मेदवार अगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवाले ५ हजार १ सय ५२ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार दुर्गा जोशीले ३ हजार १ सय २२ मत प्राप्त गर्नुभएको छ ।
प्रदेश क्षेत्र नम्बर २ मा १४ हजार ७ सय ४६ मत गणना सकिएको छ । यो निर्वाचन क्षेत्रको प्रदेश सभा १ मा पनि गठबन्धनका उम्मेदवार अगाडि छन् । क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार रमेश सिँह धामीले अग्रता लिनु भएको हो ।
उहाँको ३ हजार ६ सय ८ मत छ भने एमालेका उम्मेदवार नेपालु चौधरीको २ हजार ५ सय २ मत छ। क्षेत्र नम्बर १ मा १३ हजार ९ सय २७ मत गणना सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्