६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


धादिङ–२ मा काँग्रेसका रामनाथ अधिकारी विजयी


3.601k
Shares

धादिङ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस धादिङका जिल्ला समापति समेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १० हजार पाँच सय ३३ मत अन्तरले पराजित गराउनु भएको हो ।

प्रारम्भिक मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार चार सय ८३ मत पाउनुभएको छ भने एमालेका लोहनीले २३ हजार नौं सय ५० मत पाउनुभएको छ । यो क्षेत्रमा ६९ हजार एक सय ६४ मत गणना भएको थियो ।