१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहट-२ मा स्वतन्त्र उम्मेदवार विजयी


663
Shares

रौतहट। रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ। नेकपा एमाले बाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका किरण साहले ४ हजार ५९४ फराकिलो मतान्तरले विजयी हुनु भएको हो ।

उहाँले ३२ हजार ८४२ मत प्राप्त गर्नु भएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका फिरदोस आलमले २८ हजार २४८ मत प्राप्त गर्नु भएको छ।

संसदीय राजनितिमा फिरदोसको पहिलो अनुभव हो । पुर्व मन्त्री मोहम्मद आफताब आलमको छोरा प्रहरी निरीक्षकको जागिर छाडेर राजनितिमा होमिएका हुन् ।

विजयी साह भने कहिले मधेशबादी त कहिले नेकपा एमाले हुदै यतिखेर स्वतन्त्र भएका हुन । रौतहटको ४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ ।