१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन अपडेट : १ सय १३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक


1.807k
Shares

काठमाडौं । गत आइतबार सम्पन्न्न आम निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

अहिलेसम्म प्रतिनिधिसभाका १सय ६५ क्षेत्र मध्ये १ सय १३ वटाको नतिजा सार्वजनिक भइसकेको छ । घोषित परिणामअनुसार नेपाली कांग्रेस ३९ सिटमा विजयी हुँदा नेकपा एमालेले २७ सिट जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले १२, नेकपा एकिकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ ठाउँमा जित हासिल गरेका छन् ।

यसैगरी लोसपा, जसपा र नागरिक उन्मुक्ति पार्टी दुई–दुई ठाउँमा विजयी हुँदा नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी एक–एक स्थानमा विजयी भएका छन् । देशका ५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अहिले देशका ४९ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । गणना जारी रहेका सिटहरुमध्ये २१ ठाउँमा नेकपा एमालले अग्रता लिईरहेको छ भने १४ ठाउँमा नेपाली कांग्रेस अगाडि छ । यसैगरी ५ ठाउँमा माओवादी केन्द्रले अग्रता बनाउँदा ४ ठाउँमा जसपाले अग्रता लिएको छ ।

राप्रपाले २ ठाउँमा अग्रता लिंदा राष्ट्रिय स्वतनत्र पार्टी, लोसपा र नागरिक उन्मुक्ती पार्टीले १–१ ठाउँमा अग्रता लिइरहेका छन् । दोलखा र स्याङ्जा २ मा कांग्रेस र एमाले कार्यकर्ताबिच विवाद हुँदा मतगणना सुरु हुन सकेको छैन भने बाजुरमा मंसिर ४ गते रोकिएको मतदान नै हुन सकेको छैन ।