
काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ९ लाख मत कटाएको छ । यसैगरी नेपाली कांग्रेस ८ लाख ५० हजार मतसहित दोस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ३५ हजारभन्दा बढी मत ल्याएर तेस्रो स्थानमा छ । यस्तै, नेकपा माओवादी केन्द्रले ३ लाख ९८ हजार, राप्रपा २ लाख ३२ हजार, जसपाले १ लाख ११ हजारभन्दा बढी मत ल्याएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजारभन्दा बढी मत ल्याउनुपर्ने छ । यो आंकडा अनुसार अहिलेसम्म कांग्रेस, एमाले, रास्वपा र माओवादीले मात्रै थ्रेसहोल्ड कटाएका छन् ।
मत गणनााको अवस्थालाई हेर्र्दा राप्रपाले पनि थ्रेसहोल्ड कटाउने देखिन्छ भने अन्य दलहरुले थ्रेसहोल्ड पार गर्न मुश्किल छ । प्रदेशसभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ ।
अहिलेसम्म प्रदेश १, बागमती, गण्डकी, लम्बिनी र सुदूरपश्चि गरी पाँच प्रदेशमा एमाले, मधेश प्रदेशमा कांग्रेस र कर्णाली प्रदेशमा माओवादी अगाडि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्