१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बारा–३ बाट एमालेकी ज्वालाकुमारी साह निर्वाचित


403
Shares

बारा । बाराको निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) की उम्मेदवार ज्वालाकुमारी साह निर्वाचित हुनुभएको छ । एमाले उम्मेदवार साह जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु कुमार यादवलाई २ हजार ९ सय ८२ मतान्तरले पराजित गरी निर्वाचित हुनुभएको हो ।

साहले २० हजार २ सय ५१ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु कुमार यादवले १७ हजार २ सय ६९ मत प्राप्त गर्नुभएको छ ।

उहाँ निर्वाचित हुने बाराका एक मात्र महिला उम्मेदवार हुनुहुन्छ ।

मधेश प्रदेशका ८ जिल्लामा एमाले–जसपा उम्मेदवारबीच गठबन्धन हुदाँ बारा–३ मा भने एमाले उम्मेदवार साह र जसपा उम्मेदवार यादवबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो । जसपा उम्मेदवार यादव बारा–३ को बहालवाला संघीय सांसद र जसपा मधेश प्रदेश अध्यक्ष समेत हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंहले भने ११ हजार ९ सय ६४ मत प्राप्त गर्नुभयो ।

बारा निर्वाचन क्षेत्र नं ३ मा १ लाख ३ हजार १४८ मतदाता रहेका छन् । सो क्षेत्रमा ६६ हजार ९६६ मत खसेकोमा ३ हजार ३५१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।