१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तु-३ मा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा टक्कर


442
Shares

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ताले अग्रता कायम गर्नुभएकाे छ ।

आज शुक्रबार बिहानसम्म गुप्ताले १७ हजार ८ सय ८६ प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटत प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले १४ हजार ५ सय ३१ प्राप्त गरेर पछ्याइरहनुभएकाे छ ।

जनता प्रगतिशील पार्टीका उम्मेदवार ईश्वर दयाल मिश्रले १० हजार ५ सय ८१ प्राप्त गर्नुभएकाे छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियाले १० हजार ३ सय ५२ प्राप्त गर्नुभएकाे छ ।