१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संखुवासभाकाे प्रदेश सभा (ख) मा समाजवादी र एमालेका उम्मेदवारबीच कडा टक्कर


624
Shares

संखुवासभा । संखुवासभामा प्रदेश सभा सदस्य (ख) मा प्रत्यक्षतर्फकोे मतगणना नेकपा एकीकृत समाजवादीकाे अग्रता रहेको छ ।

शुक्रबार संखुवासभा प्रदेशसभा (ख) तर्फ नेकपा एकीकृत समाजवादीकी उम्मेदवार सरिता थापा खड्काले १० हजार ९ सय ८१ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिदुर लिङथेपले १० हजार ८ सय ७ मत प्राप्त गरेर पछ्याईरहनुभएकाे छ ।

अहिले झिनो मतले खड्का अगाडि रहनुभएकाे छ । समाजवादीकी उम्मेदवार खड्का १७ मतले आगाडि रहनुभएकाे छ ।प्रदेशसभा सदस्य (ख) मा २ स्वातन्त्रसहित ९ जना उमेदवार रहेका छन् ।