१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिराहा–२ (१) मा जनमत पार्टीका सञ्जय यादव विजयी


52
Shares

काठमाडौं । सिराहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित हुनुभएको छ ।

जसपाका कोषाध्यक्ष एवं मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६ सय ४४ मतान्तरले पराजित गरी सञ्जय निर्वाचित हुनुभएको हो ।

सञ्जयले १२ हजार १ सय ७१ मत ल्याउनु भएको छ भने विजयले ११ हजार ५ सय २७ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का जिवछ कुमार यादवले १० हजार ६ सय ५६ मत प्राप्त गर्नुभयो ।