५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


संखुवासभामा कांग्रेस र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा


481
Shares

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यको मतगणनामा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ ।

प्रतिनिधि सभा सदस्यकोे मतगणनामा कांग्रेसका उम्मेदवार दिपक खड्काले २७ हजार ५ सय २० मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमले २२ हजार २ सय ५५ मत प्राप्त गरेर पछ्याईरहनु भएकाे छ ।

आज शुक्रबार बिहानसम्म नेपाली कांग्रेसका खड्काले ५ हजार २ सय ६५ मतले अगाडि हुनुभएकाे छ । संखुवासभामा प्रतिनिधि सभा सदस्यका लागि २ स्वातन्त्रसहित १२ जना उम्मेदवार रहेका छन् ।

जिल्लामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेकामा ६५ हजार ८ सय ९२ मत खसेको सहायक मुख्य निर्वाचन अधिकृत डा. ईन्द्रप्रसाद सापकोटाले बताउनुभयो ।