१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रे–२ बाट झन्डै ६ हजार मतान्तरले एमालेका गोकुल बास्कोटा विजयी


6.903k
Shares

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्यमा फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य शिव हुमागाइँलाई ५ हजार ८ सय ६३ मतले पराजित गर्दै बास्कोटाले जित हासिल गर्नुभएको हो ।

बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्दी हुमागाइँले ३९ हजार ४ सय ८२ मत प्राप्त गर्नुभयो ।

बास्कोटा २०७४ को निर्वाचनमा यहि क्षेत्रबाट नेपाली कांग्रेसका मधु आचार्यलाई १८ हजार ७ सय ५३ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।