
काठमाडौं । धनुषा–३ को प्रदेशसभा (२) बाट नेकपा (एमाले) का उम्मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित हुनुभएको हो ।
निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का परमेश्वर साह सुडीलाई एक हजार ४ सय ३ मतान्तरले पराजित गर्दै ठाकुर निर्वाचित हुनुभएको हो ।
ठाकुरले ८ हजार २ सय २० मत प्राप्त गर्नुभयो भने साहले ६ हजार ८ सय १७ मत मात्र पाउनुभयो । जनमत पार्टीका रामबाबु साह कलवारले ३ हजार ६ सय ५ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्