
काठमाडौं । सुनसरी क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा (एमाले) का रेवतीरमण भण्डारी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार द्वारिकलाल चौधरीलाई २ हजार ६ सय ८० मतान्तरले पराजित गरी भण्डारी निर्वाचित हुनुभएको हो ।
भण्डारीले १४ हजार ५ सय ३८ मत प्राप्त गर्नुभएको छ भने चौधरीले ११ हजार ८ सय ४५ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनबहादुर खत्रीले ९ हजार ३ सय २२ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
प्रतिक्रिया दिनुहोस्