१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इलाम-२ मा एमालेका नेम्वाङ र कांग्रेसका खड्काबीच कडा प्रतिस्पर्धा


2.067k
Shares

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राख्नुभएको छ ।

शुक्रबार दिउँसाे २ बजेसम्म एमालेका उम्मेदवार नेम्वाङले २१ हजार १ सय २० मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १९ हजार ४ सय २७ मत प्राप्त गरेर पछ्याईरहनुभएको छ ।

एमालेका नेम्वाङ र कांग्रेसका खड्काबीच इलाम क्षेत्र नम्बर २ मा कडा प्रतिस्पर्धा भइरहेकाे छ ।