
तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभा सदस्यको जारी मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार सिता गुरुङले मतान्तरण घटाउँदै जानुभएको छ ।
आज शुक्रबार कांग्रेसकी उम्मेदवार गुरुङले नेकपा एमालेका उम्मेदवार विजय सुब्बालाई मतान्तर घटाउँदै पछ्याई रहनुभएको हाे। तेह्रथुमकाे प्रदेशसभा (क) को मतगणना सम्पन्न हुँदा ८ सय ५ मतले अग्रता लिनुभएका सुब्बालाई प्रदेशसभा (ख) अन्तर्गत आठराई गाउँपालिकाको मतगणना सुरु हुँदा मतान्तर घटाउँदै ३९ मतान्तरणसहित गुरुङले पछ्याई रहनु भएको हो।
सुब्बाले ११ हजार ९ सय १८ मत प्राप्त गर्दा गुरुङले ११ हजार ८ सय ७९ मत प्राप्त गर्नुभएको छ । ७१ हजार ९ सय ३३ मतदाता रहेकाे तेह्रथुममा ४१ हजार १ सय ८० जना मतदाताले मतदान गरेका थिए ।
तेह्रथुममा प्रतिनिधि सभा तर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्