
काठमाडौं । उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव रायले रुग्ण उद्योग चलाउने वा नचलाउने भन्ने बारेमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक भएको बताउनुभएको हो ।
उहाँले रुग्ण उद्योगमा प्रयोग भएका मेसिनको पाटपूर्जा बिग्रिएमा विश्वमा नै नपाउने अवस्था रहेकाले निजी क्षेत्र र सरकार बसेर गम्भिर रुपमा छलफल गर्न आवश्यक बताउनुभयो । उहाँले सरकारले विराटनगरको जुट मिल, हेटौंडाको कपडा उद्योग र जनकपुरको चुरोट कारखाना सञ्चालनमा ल्याउने भनेपनि समस्या रहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय निजी क्षेत्र चार वस्तुको आयात प्रतिवन्ध भएको विषयलाई ठूलो मुद्दा बनाएको बताउनुभयो । उहाँले सरकारले ६ महिनासम्म पाँच वस्तुको आयात खुल्ला गरेको भए थप ५० अर्बको सामान आयात हुने देखिएको बताउनुभयो । सचिव रायले चार वटा वस्तुको आयात प्रतिवन्धले मात्रै उद्योग व्यापारमा माग कमी नभएको बताउनुभयो ।
त्यस्तै, वाणिज्य सचिव डा. तोयनारायण ज्ञवालीले सरकारले सोचे जस्तो विदेशी लगानी आउन नसकेको बताउनुभयो । उहाँले नेपाल जस्तै देश भियतनाम,कम्बोडिया जस्ता देशहरुमा जीडिपीको १५ प्रतिशतसम्म पुगेको बताउनुभयो । उहाँले नेपालमा भने जिडीपीको १ प्रतिशतमा रहेको बताउनुभयो ।
उहाँले उद्योगहरुको अन्तराष्ट्रिय देशहरुमा गुणस्तर तथा लागतको हिसावले प्रतिष्पर्धा गर्न सक्नुपर्ने अवस्था रहेको बताउनु यो । उहाँले मन्त्रालयले अहिले आएका नयाँ स्टार्ट अप उद्यमको क्षेत्रमा पनि जान आवश्यक रहेकाले मन्त्रालयले काम गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्