
संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक खड्का विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका राजेन्द्र गौतमलाई ५ हजार ४ सय ३९ मत अन्तरले पराजित गर्नुभएकोछ ।
निर्वाचित खड्काले प्रतिनिधि सभा सदस्यमा ३२ हजार १ सय ५८ मत प्राप्त गरि विजयी हुनुभएको छ । त्यस्तै, गौतमले २६ हजार ७ सय १९ मत प्राप्त गनुएभएको छ ।
संखुवासभा जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि २ स्वातन्त्रसहित १२ जना उम्मेदवार रहेका थए । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेकामा ६५ हजार ८ सय ९२ मत खसेको सहायक मुख्य निर्वाचन अधिकृत डा. ईन्द्रप्रसाद सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्