१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कला र संस्कृतिबाट नै देशको पहिचान स्थापित हुन्छ : मेयर साह


247
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मेयर साहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरु महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको पनि बताउनुभयो ।

उहाँले कला, संस्कृतिलाई महत्व दिनेकुरा जिम्मेवारीका रहेको बताउनुभयो । उहाँले खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरेमात्रै सबै क्षेत्रको विकास सम्भव हुने बताउनुभयो ।

मेयर साहले कला र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि काठमाडौं महानगरपालिकाले कामहरु गरिरहेको बताउनुभयो ।