२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कर्णालीमा एमाले कमजोर


1.17k
Shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन अन्र्तगत कर्णाली प्रदेशमा हालसम्म एक सिट पनि जित्न सकेको छैन् ।

देशैभरको परिणाममा सन्तोषजनक देखिएको एमाले कर्णाली प्रदेशमा भने कमजोर देखिएको हो ।

कर्णाली प्रदेशका ९ वटा क्षेत्रको चुनाबी परिणाम सार्वजनिक हुँदा एमालेले एक सिटमा पनि जित्न सकेको छैन् । बाँकी मत गणना भैरहेका कालीकोट, हुम्ला र मुगुमा पनि एमाले मतान्तरको हिसाबले निकै पछि रहेको छ ।

गणना अनुसारको नतिजा आउँदा कर्णाली प्रदेश एमाले बिहीन हुने भएको छ ।