
फाइल तस्बिर
काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित हुनुभएको छ ।
पाण्डेले ९ हजार ६९१ मतको अन्तरले निर्वाचित हुनुभएको छ । पाण्डेले ३४ हजार ३६२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा (नेकपा माओवादी केन्द्र) का उम्मेदवार डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्