१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुमबाट प्रतिनिधि सभामा कांग्रेसकी सीता गुरुङ विजयी


871
Shares

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सिता गुरुङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनुभएको हो ।

कांग्रेसकी गुरुङ १९ हजार ७०२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका सुब्बाले १८ हजार ६२३ मत पाउनुभएको छ ।

गुरुङ गत २०७४ सालको निर्वाचनमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित हुनुभएको थियो ।

सुब्बा २०४८ र २०५६ को निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । जिल्लाबाट तेश्रो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार बन्नु भएका सुब्बाको तेश्रो जित गुरुङको विजयसँगै रोकिएको छ ।

एमालेको पक्कड जिल्लाको रुपमा मानिएको तेह्रथुममा यसपटक विरासत गुमाएको छ ।

यस्तै, प्रदेशसभा (१) मा एमालेका किशोरचन्द्र दुलाल र प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का दुर्गाप्रसाद चापागाई विजयी हुनु भएका छन् ।

गत २०७४ सालको प्रतिनिधी तथा प्रदेशसभामा निर्वाचनमा प्रतिनिधि सभा र दुवै प्रदेश सभा जितेको एमाले यस पटक भने प्रदेश सभा १ मा मात्रै झिनो मतले जितेको छ ।

७१ हजार ९ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार १ सय ८० जनाले मतदान गरेका थिए ।