१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीमा ४ प्रतिशत मत बदर


52
Shares

सिन्धुली । यहि मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिन्धुलीमा ४ प्रतिशत मत बदर भएकाे छ ।

दुई प्रतिनिधि र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा निर्वाचनमा कुल १ लाख १८ हजार ८ सय ४० मतदाताले मतदान गरेका थिए । जस मध्ये ४ हजार ९ सय २९ मत बदर भएको हाे । सिन्धुलीकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभातर्फ ४ प्रतिशत मत बदर भएको छ ।

प्रदेस सभातर्फ ३ प्रतिशत भन्दा बढी मत बदर भएको छ । प्रदेश सभातर्फ १ लाख १९ हजार ९ सय ९३ ले मतदान गर्दा ३ हजार ८ सय ९२ मत बदर भएको हो । सिन्धुलीको क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ ६० हजार ४ सय २० सदर मत रहेको थियो । २ हजार ५ सय ७ मत बदर भएको देखिएको छ ।

सिन्धुली क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ २ हजार ४ सय २२ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ ।