१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्लाही-२ महिन्द्र राय यादवकाे अग्रता कायमै, राजेन्द्र महतो पछ्याउँदै


936
Shares

सर्लाही-२ मा प्रतिनिधि सभा सदस्य नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं उम्मेदवार महिन्द्र राय यादवले मतान्तर फराकिलो पार्दै अग्रता जारी राख्नुभएकाे छ ।

आज शनिबार बिहानसम्म नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडाबाट उम्मेदवारी दिनुभएका यादवले कुल ६६ हजार २ सय ३० मतगणना हुँदा २० हजार ७ सय ३८ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले १८ हजार ७ सय ९३ मत प्राप्त गरेर पछ्याईरहनुभएकाे छ। त्यस्तै नेकपा एमालेका उम्मेदवार राजनारायण साहले १३ हजार ६ सय ४३ मत प्राप्त गर्नुभएकाे छ ।

उक्त क्षेत्रमा ७४ हजार ७ सय ५५ मत खसेको थियाे । अब ८ हजार ५ सय २५ मत मात्र गन्न बाँकी रहेकाे छ । शनिबार दिउँसोसम्म अन्तिम मतपरिणाम आउने अनुमान गरिएको छ ।