
फाइल तस्बिर
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार झलनाथ खनालले मतगणना बहिस्कार गर्नुभएको छ ।
उहाँले चुनावमा धाँधली भएको भन्दै मतगणना बहिस्कार गर्नुभएको हो ।
आफ्नो क्षेत्रमा पुनः मतदान गर्न उहाँले माग गर्नुभएको छ । सुरुदेखि नै मतगणनामा गडबड भएको खनालको आरोप छ ।
जारी मतगणनामा खनाललाई एमालेका महेश बस्नेतले ३ हजार मतले पछि पानुएभएको छ ।
प्रतिक्रिया दिनुहोस्