७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


अभिनेता विक्रम गोखलेको निधन


8.45k
Shares

एजेन्सी । भारतीय अभिनेता विक्रम गोखलेको निधन भएको छ ।

गोखलेको लामो समयदेखि बिरामी थिए । उनी भारतको पुनेको एक अस्पतालमा उपचार गराइरहेका थिए । उनले ८२ वर्षको उमेरमा शनिबार सोही अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको शनिबार नै अन्तिम संस्कार गरिने छ । गोखले लामो समयदेखि अस्पतालमा भर्ना भए पनि उनको अवस्था चिन्ताजनक रहेको थियो । साथै केही दिन अगाडी गोखलेको निधनको समाचार प्रकाशित भएको थियो । तर, उनका परिवारले उक्त समाचारलाई अस्वीकार गरेका थिए ।

शनिबार बिहान अस्पतालले उनको स्वास्थ्य बिग्रिएको र उनको भेन्टिलेटरमा उपचार भइरहेको बताएको थियो । यसै क्रममा शनिबार दिउँसो गोखलेको निधन भएको छ ।

सन् १९४० मा जन्मेका गोखलेले भारतीय फिल्मका साथै मराठी फिल्म र टिभीमा पनि काम गरेका थिए । अभिनय विरासतमा पाएका गोखलेको बावु चन्द्रकान्त गोखले मराठी उद्योगका प्रसिद्ध अभिनेता र गायक थिए।

साथै उनकी हजुरआमा कमलाबाई गोखले भारतीय सिनेमाको पहिलो बाल कलाकार थिइन्।