७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


विवाहको लगन सुरु भएसँगै सुनको माग बढ्यो


546
Shares

काठमाडौं । विवाहको लगन सुरु भएसँगै सुनको माग बढ्न थालेको छ ।

मंसिर महिना लागेसँगै दैनिक ३५ किलो सुनको माग भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर, विदेशी मुद्रा संचिति कम भएको भन्दै सरकारले दैनिक १० किलोमात्रै सुन आयातको कोटा तोकेको छ ।

बजारमा सुन अभाव हुन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ११ गतेदेखि विवाहको लगन सुरु भएकाले सुनको माग दैनिक ३५ किलो पुगेको हो । यसअघि दैनिक सुनको माग २५ किलो मात्र रहेको थियो । सरकारले तोकेको सुनले बजार धान्न समस्या भएको ब्यवसायिको गुनासो छ ।

सुनलाई अनुत्पादक क्षेत्रको रुपमा मात्र नहेरी धार्मिक र सांस्कृतिक रुपमा हेर्न व्यवसायीले सरकारलाई आग्रह गरेका छन् ।