
बाजुरा । बाजुराको बुढीनन्दा–५ मा रोकिएको निर्वाचन शनिबार सम्पन्न भएको छ ।
मंसिर ४ गते झडप भएपछि यो क्षेत्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया रोकिएको थियो ।
बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी गराउनुभयो । यो केन्द्रमा ९ सय ९९ जना मतादाता रहेकोमा ५ सय ९७ जनाले मतदान गरेका छन् ।
जसमध्ये ३ सय १२ पुरुष र २ सय ८५ जना महिलाले मतदान गरेको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्