७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुनसरी ४ मा मतगनणा स्थगित


1.95k
Shares

धरान । सुनसरी क्षेत्र नम्बर ४ को मतगनणा स्थगित भएको छ ।

मतगणनामा घटिएका कर्मचारीले नेपाली कांग्रेसको मत एमालेको पक्षमा गनणा गरेको भन्दै कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।

मत गनणा भैरहेको अवस्थामा ससरकारका सञ्चारमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की एमालेका केन्द्रीय सदस्य जगदिश कुसियतबीच कडा प्रतिस्पर्धा भइरहेको शवस्थामा निर्वाचन आयोगका कर्मचारीले कांग्रेसको मत एमालेको उम्मेदवारकोमा गनणा गरेपछि समस्या उत्पन्न भएको कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ निर्वाचन परिचालन समितिका संयोजक रेवती दुलालले बताउनुभयो ।

उहाँले मतगणनामा सहभागी कर्मचारीलाई परिवर्तन गरि निष्पक्ष कर्मचारी नखटाएसम्म मत गनणाम कांग्रेसले सहभागिता नजनाउने बताउनुभयो ।

मतगनणामा कांग्रेसले आपत्ती जनाएपछि सर्वदलिय बैठक बसेपनि सहमति नभएपछि आइतबार विहान ८ बजेसम्म मतगणना स्थगित गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

मतगणना स्थगित भएपछि मतगणना स्थलमा केहिबेर तनाउ उत्पन्न भएको थियो । जिल्ल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले तनाव उत्पन्न गराउने टोलिलाई नियन्त्रणमा लिएका कारण केही अप्रिय घटना भएन । सुनसरीमा गणना भएको ६१ हजार ५२४ मतमा कांग्रेसका उम्मेदवार कार्कीले २३ हजार ४३९ मत र एमालेका उम्मेदवार कुसियतले २३ हजार ३४१ मत प्राप्त गर्नुभएको छ ।