१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


७८ वर्षीय अभिनेता ओ योङ–सुविरुद्ध यौन शोषणको आरोप


10.504k
Shares

एजेन्सी । ७८ वर्षीय कोरियन अभिनेता ओ योङ–सु विरुद्ध यौन शोषणको आरोप लागेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, एक महिलाले ७८ वर्षीय सु विरुद्ध अनुपयुक्त रूपमा छोएको आरोप लगाएकी छिन्। ती महिलाले सन् २०१७ मा सुले आफूलाई अनुपयुक्त रूपमा छोएको बताइन् । तर, सुले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

ती महिलाले सन् २०२१ को डिसेम्बर महिनामा सु विरुद्ध आरोप लगाएकी र मुद्दा दर्ता गराएकी थिइन् । तर, प्रमाणको अभावमा अप्रिल २०२२ मा मुद्दा खारेज गरियो। यति मात्र होइन, सुविरुद्ध कुनै किसिमको सजाय पनि दिइएको थिएन्।

तर, अहिले पीडितले आग्रह गरेपछि मुद्दा फेरि दर्ता गरिएको छ । अब यो मुद्दामा सु अभियुक्त हुन तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन् । यसका लागि राखिएको सुनुवाईमा ७८ वर्षीय सुका वकिलले उनीमाथि लागेका सबै आरोप अस्वीकार गरेको समाचारमा उल्लेख गरिएको छ ।

सु दक्षिण कोरियाली उद्योगका लोकप्रिय अभिनेता र पहिलो प्रतिष्ठित अभिनेता हुन् । उनलाई ‘गोल्डेन ग्लोब’ अवार्डबाट पनि सम्मानित गरिएको छ । उनले नेटफ्लिक्सको लोकप्रिय सिरिज ‘स्क्विड गेम’ बाट विश्वभर पहिचान पाएका थिए । यस शृङ्खलामा देखा परेदेखि उनको लोकप्रियता धेरै बढेको थियो।