
रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभामा विजयी भएका गठबन्धनका उम्मेदवारहरुले विजयी जुलुस गरेका छन् ।
रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । एक हप्ता लामो समय लागेर भएको मत गणनाको मत परिणाम अनुसार एक क्षेत्र रहेको प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो । संघतर्फ पूर्णबहादुर तामाङ (कान्छाराम) ले ४७ हजार ९८ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत प्राप्त गर्नुभएको थियो । एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतले पछिपार्दै तामाङ निर्वाचित हुनुभएको हो ।
त्यसैगरि प्रदेशमा आज आइतबार दिउँसो घोषित परिणाम अनुसार प्रदेश (ख) मा गठबन्धन तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेका उम्मेदवार मिलनकुमार घिसिङलाई पराजित गर्नुभएको छ । चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गर्दा घिसिङले १८ २ सय ४ सय ६ मत प्राप्त गर्नु भएको थियो । चौलागाईंले घिसिङलाई ४ हजार ७ सय ७३ मतान्तरले पराजित गर्नुभएको हो ।
त्यसैगरि गत शुक्रबार प्राप्त मत परिणाम अनुसार प्रदेश सभा (क) तर्फ माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका शान्ति पौडेलले १५ हजार १ सय ५७ प्राप्त गर्नुभएको थियो । श्रेष्ठले पौडेललाई १ हजार ९ सय ९१ मतले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा १ लाख ८० हजार १ सय ६ मतदाता रहेकोमा कुल ८८ हजार ६ सय ८० मत मात्र खसेको थियो । कुल सिटको ३ वटै सिट गठबन्धनले जितेको खुसियालीमा हजारौंको संख्यामा रहेको गठबन्धनले आइतबार दिउँसो मन्थलीमा विजय जुलुस समेत निकालेर आम मतदाताहरुलाई धन्यवाद समेत दिएका छन् । प्रतिनिधि सभातर्फको मत गणना सम्पन्न हुँदा ४ हजार ७ सय ८१ मत बदर भएको थियो । त्यस्तै
विजय जुलुसपछि देवकोटा चोकमा कोण सभाका लागि जम्मा भएका गठबन्धनका कार्यकर्ताहरुले विभिन्न बाजागाजा र तामाङ सेलोसहित निस्केको विजय र्यालीले मन्थली बजारमा परिक्रमा गरी देवकोटा चोकमा कोण सभा गरेको
गरेको छ ।
प्रतिक्रिया दिनुहोस्