४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


सामाजिक सुरक्षा कोषमा अतिरिक्त थप सुविधा : कार्यकारी निर्देशक ज्ञवाली


728
Shares

काठमाडौं । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदान कर्ताले विगतमा पाएको सेवासुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताउनुभएको छ ।

आइतबार नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)ले सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमा बोल्र्दै कार्यकारी निर्देशकले यस्तो बताउनुभयो । उहाँले कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरुले पाइरहेको सेवासुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिने व्यवस्था गरेको बताउनुभयो ।

उहाँले सामाजिक योगदानमा आधाररित सुरक्षा कोषमा श्रीमानले यागेदान गर्दा श्रीमतीले पनि श्रीमान सरह उपचार खर्च पाउने व्यवस्था गरेको बताउनुभयो । उहाँले सुरक्षा कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाउने गरी कोष अगाडि बढेको बताउनुभयो । उहाँले कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बढाउने काम भइरहेको बताउनुभयो ।

उहाँले कोषको सञ्चालक समितिको बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाएकाले चाँडै स्वीकृत हुने तयारी रहेको बताउनुभयो । उहाँले मन्त्रालयले नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउने बताउनुभयो । उहाँले कोषले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि कार्यविधि बनाइएको बताउनुभयो ।

उहाँले कोषले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको दुर्घटना खर्च, अशक्त आश्रित परिवारका लागि सुरक्षा योजना स्वीकृतको चरणमा रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधाहरु छिटो र सहज बनाउँदै विश्वनिय बनाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरुको आकर्षण बढ्दै गएको छ ।

प्रत्येक महिनामा चारदेखि ६ हजार श्रमिकहरु सामाजिक सुरक्षा कोषमा जोडिन थालेको कोषले बताएको छ । पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन् । हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ । जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबी लगायत विभिन्न शीर्षकमा भुक्तानी गरिएको कोषले बताएको छ ।