१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

शेयर बजारमा ३२ अंकले वृद्धि, कारोबार दुई अर्बभन्दा बढी


52
Shares

काठमाडौं । आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।

कारोबार समेत बढेर २ अर्ब नाघ्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले उकालो लागेर १९ सय ६५ पुग्यो । सामूहिक लगानी कोष नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूहमा हरियाली छायो ।

लघुवित्त समूहमा सबैभन्दा उच्च १ सय ५० अंक अर्थात् ३ प्रतिशत बढीको बृद्धि आयो । उत्पादनमूलक समूहमा पनि सय अंक बढीको बढोत्तरी भयो । जीवन बीमा समूह पनि एक सय अंक बरारबले सुधारियो । अरु पनि अधिकांश समूह दोहोरो अंकले उक्लिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३३ कम्पनीको ४२ लाख बढी कित्ता शेयर २ अर्ब २ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये १ सय ६९ कम्पनीको मूल्य बढ्दा जम्मा २० को घटेको पनि नेप्सेले जनाएको छ । यस दिन डिप्रक्स लघुवित्त, जीवन विकास लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८ प्रतिशत हाराहारीमा कमाए ।