१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘सरी मम’को रिलिज मिति परिर्वतन


221
Shares

काठमाडौं । चलचित्र ‘सरी मम’को रिलिज मिति परिर्वतन भएको छ ।

‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको चलचित्रले मंसिर १५ गतेका लागि रिलिज मिति तोकेको थियो । तर, चलचित्रले आफ्नो रिलिज मिति परिर्वतन गदै दुई साता सरेर मंसिर २९ मा पुर्‍याएकाे छ । चलचित्र निर्माण टिमले समय र परिस्थिति हेरेर चलचित्रको रिलिज मिति परिर्वतन गरेको बताएको छ ।

एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ ।

चलचित्रमा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ छन् ।