
सोलुखुम्बु । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेले सोलुखुम्बुमा समानुपातिकतर्फ सबै भन्दा बढी मत प्राप्त गरेको छ ।
प्रतिनिधि सभातर्फ १५ हजार ७०५ मत प्राप्त गरेर एमाले पहिलो पार्टी बनेको हो ।
कांग्रेसले १० हजार ४७३ मत प्राप्त गरेको छ । त्यस्तै, माओवादी केन्द्रले ८ हजार ५२४, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार १३५, जसपाले ९५८, राप्रपाले ४७६, नेकपा मालेले २१८, नेकपा एकिकृत समाजवादीले १६२, मंगोल नेश्नल अर्गनाइजेशनले १३९ र राष्ट्रिय जनमोर्चाले ३६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, नेमकिपाले ११०, जनमत पार्टीले ३३, लोसपाले १८, हाम्रो नेपाली पार्टीले १२, नेपालका लागि नेपाली पार्टीले १८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेश सभा समानुपातिकतर्फ पनि एमाले नै पहिलो दल बनेको छ । जसमा एमालेले १५ हजार ६० मत प्राप्त गर्दा कांग्रेसले ११ हजार ६०८ मत प्राप्त गरेको छ । त्यस्तै, माओवादी केन्द्रले ७ हजार २९६, जसपाले १०९१, राप्रपाले ७६९ र नेकपा एसले २४७ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्