१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल पराजित,एमालेका महेश बस्नेत विजयी


2.067k
Shares

इलाम । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका महेश बस्नेत विजयी हुनु भएको छ ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेर बस्नेत विजयी हुनु भएको हो । यसको औपचारिक घोषणा भने भएको छैन । बस्नेतले खनाललाई २ हजार ९५७ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।