
काठमाडौं । दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने भएको छ ।
गत ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गर्नुभएको थियो ।
त्यसपछि निर्वाचन आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले पुनः मतदान गर्न लागेको हो ।
सिवाकोटीले बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्रावि मा पुन मतदानको माग गर्नुभएको थियो ।
आयोगको बोर्ड बैठकले यी सहितका विवादमा परेका अरु केही मतदानस्थलमा फेरि चुनाव गर्ने निर्णय गरेको हो । आयोगले पुनः मतदान गर्न लागेका मतदानस्थलको सूचि भने आइसकेको छैन । दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहित २१ जना चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस्