१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


५० प्रतिशत अनुदानमा च्याउको बिउ र मल


273
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका किसानहरुलाई अनुदानमा कन्ये च्याउको बिउ तथा मल वितरण गरेको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार किसानलाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा कन्ये च्याउको बिउ तथा मल वितरण गरेको नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

नगरभित्रका १ सय ६३ समूह तथा सहकारी मार्फत करिब ४ सय किसानलाई कृषिमा व्यवसायीकरण, आधुनिकिकरण र यान्त्रिकरणको विकाश गर्न, किसानलाई आर्थिक समृद्धिको पहुँचमा पुर्‍याउन कार्यक्रम संचालन गरिएको पालिकाले जनाएको छ ।