
जनकपुर । सीता राम विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन आज मटकोर विधि सम्पन्न भएको छ ।
जनकपुरधामस्थित गंगासागर पोखरीमा मटकोर बिधि सम्पन्न भएको हो ।
सीताराम विवाह महोत्सवको पाँचौ दिन जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजा सहितको टोली गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । मटकोर विधिको क्रममा लगिएको माटोबाट सीताराम विवाहका लागि मडवा निर्माण गरिएको छ । पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले राम-सीता विवाहका लागि तयार गर्ने चलन रहेको छ । मत्कोर र विवाह पञ्चमी तयारी सम्बन्धमा मन्दिर उत्त्राधिकारी महन्त राम रोशनदासले बताउनुभयो ।
सप्ताह व्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ । महोत्सवको छैठौँ एवं प्रमुख दिन सोमबार स्वयंवर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन मंगलबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।
प्रतिक्रिया दिनुहोस्