
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच आइतबार भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा भेटवार्ता भएको हो ।
भेटपछिको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।
आफूलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नुभएका कांग्रेस नेता सिंह र एमाले अध्यक्ष ओलीको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्