
सर्लाही । सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्र अन्तरगत निर्वाचन क्षेत्र नम्बर १ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।
समानुपातिक मतगणनाको अन्तिम नतिजा अनुसार प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) ले क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत प्राप्त गरेको छ । ९ हजार ५ सय ६ मत प्राप्त गरेको हो ।
त्यस्तै, नेकपा एमालेले ७ हजार ९ सय २ मत प्राप्त गरि दोस्रो भएको छ भने ८ हजार ६ सय २९ मत प्राप्त गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तस्रो हुँदा नेपाली कांग्रेसले ७ हजार ३ सय ३६ मत प्राप्त गरेको छ ।
त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ६ सय ८०, जनमत पार्टीले ६ हजार ४८, जनता समाजवादी पार्टी (जसपा) ले ५ हजार ५ सय ७१, नेकपा (एकीकृत समाजवादी) पार्टीले ५ हजार ५१ मत, नागरिक उन्मुक्ति पार्टीले ४ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार ७६० मत प्राप्त गरेको छ ।
क्षेत्र नम्बार १ का निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायका अनुसार प्रदेश सभातर्फ समानुपातिकमा ७५ हजार १ सय ५७ मत खसेकोमा ६९ हजार ८ सय ९५ मत सदर र पाँच हजार २ सय ६२ मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस्