
एजेन्सी । बलिउड अभिनेता अजय देवगन स्टारर दृश्यम-२ ले राम्रो कमाइ गरिरहेको छ ।
फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औं दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोडको दमदार कलेक्सन गरेको छ ।
योसँगै दृश्यम-२ कमाईका हिसाबले यो वर्षको पाँचौं ठूलो हिन्दी फिल्म बनेको छ । ६० करोडमा बनेको यो फिल्मको अहिलेसम्मको आँकडा निकै राम्रो मानिएको छ ।
दृश्यम-२ ले घरेलु बक्स अफिसमा हालसम्म १ सय ६९ करोडको ग्रस कलेक्सन गरिसकेको छ भने विदेशमा फिल्मले ३३ करोड कमाएपछि फिल्मको कुल कलेक्सन २ सय ३ करोड पुगेको छ ।
रिलिज भएको १० दिनमै मिड रेन्जको फिल्मको लागि यो व्यापार साँच्चै ठूलो छ ।
प्रतिक्रिया दिनुहोस्